के हेरा फेरि ३ आउँदैछ ?

बलिउडका कमेडी चलचित्रमध्ये निकै मन पराइएको चलचित्र हो, हेरा फेरि । यो एउटा त्यस्तो फिल्म हो जुन अहिले पनि निकै धेरैले मन पर्राका हुन्छन् । नेपालमा पनि यो फिल्मका पारखी निकै छन् । 

त्यसो त यो फिल्मको दोस्रो भाग आएको पनि निकै वर्ष भइसकेको छ । पहिलो फिल्म रिलिज भएको त अब २० वर्ष भइसकेको छ ।

अनि यही मौकामा अब फिल्मका अभिनेता सुनील शेट्टीले एउटा भावुक मेसेज लेखेका छन् । उनले लेखेको यो सन्देशमा हेरा फेरि ३ को कुरा पनि आएको छ । 

रिपोर्टहरुका अनुसार फिल्मको तेस्रो भाग केही समयमा नै आउँदैछ । सुनील शेट्टीका अनुसार यो तेस्रो फिल्ममा पनि अक्षय र परेश रावलले नै खेल्दै छन् । उनले तेस्रो भागमा पनि सबै अभिनेताको नाम पहिलेका भागमा जस्तै हुने पनि जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ४:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया