लकडाउनमा करिनाको डिसः गाजरको हलुवा !

अहिले कोरोना भाइरसका कारण सबैजना घरभित्र बस्न बाध्य छन् । अनि बलिउडका अभिनेता तथा अभिनेत्री पनि यसको अपवाद हुने कुरै भएन । भारतमा त भारत सरकारले नै २१ दिनको लकडाउन लगाएको छ । 

यही समयमा बलिउडका कलाकारहरु घरमा बसेर गरेका दैनिक आफ्ना गतिविधिलाई बाहिर ल्याइरहेका छन्, सामाजिक सन्जालमार्फत् । अनि यो काममा अगाडि छिन्, भारतीय अभिनेत्री करिना कपुर पनि । 

करिनाले आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी छिन् । यो फोटोको विशेषता के भने करिनाले यसमा आफैंले बनाएको गाजरको हलुवा खाएकी छिन् । अनि लेखेकी छिन्– डेजर्ट त पेटमा जाँदैन, सिधै मनमा जान्छ । 

उनले यति के लेखेकी थिइन्, यो तस्वीर भाइरल भएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ५:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया