एजेन्सी– १२ जनवरी । तीन महिना अघि । कोरोना भाइरस चीनमा मात्र सिमित थियो । एउटा पनि संक्रमित चीनभन्दा बाहिर मात्र होइन कि जहाँ यो भेटिएको थियो, अर्थात् वुहान सहर, त्यहाँभन्दा बाहिर यो भइरस देखिएको नै थिएन ।
तर, त्यसको भोलिपल्ट नै यो विश्वकै लागि समस्या भयो । १३ जनवरीमा सुरुमा थाइल्यान्डमा यो भाइरस देखियो । त्यसपछि जापान, दक्षिण कोरिया र अमेरिकामा पनि त्यही दिन भाइरसबाट संक्रमित भेटिए ।
त्यसपछि यसको विश्वमा बाढी आयो, जताततै यो भाइरसका संक्रमित देखिन थाले ।
अब त विश्वभर १० लाखभन्दा बढी यो भाइरस संक्रमित छन्, ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
तर, के यो भाइरस अझै कुनै देशमा देखिन बाँकी छ ?
अचम्म लाग्न सक्छ, एक दुई वटा देशमा मात्र होइन, कोरोना भाइरस अहिलेसम्म १९ जटा देशमा देखिएको छैन ।
नेपालदेखि निकरगुआसम्म देखिएको यो भाइरस संयुक्त राष्ट्र संघका १९३ मध्ये १९ देशमा अझै देखिएको छैन ।
ती देश हुन्–
तर, केही विज्ञहरुले यी देशमा अहिलेसम्म कोरोना भाइरस नदेखिएको विश्वास गर्दैनन् । जस्तो कि उत्तर कोरियामा होस् या यमनमा यो भाइरसको परीक्षण नै नभएको उनीहरुको विश्वास छ ।
तर, के चाहिँ होइन भने यी देशहरुले कुनै पनि सतकर्ता अपनाएका छैनन् । ‘हामीले अहिलेसम्म हाम्रो बोर्डर बन्द गरेका छौँ, मानिसहरुलाई आउन दिएका छैनौँ,’ नैरुका राष्ट्रपतिले भनेका छन् ।
अरु केही देशहरुले अहिलेसम्म क्वारेन्टाइनमा केही व्यक्तिहरुलाई राखेका छन्, स्याम्पल जाँचका लागि अष्ट्रेलिया पनि पठाएका छन् । तर, अहिलेसम्म ती देशहरुमा कोरोना संक्रमित कोही पनि भेटिएका छैनन्, सबै जाँच नेगेटिभ आएका छन् ।
नैरुले अरु देशमा देखिएको यो संक्रमणका कारण देशमा अपात्काल घोषणा पनि गरेको छ । त्यस्तै, टोङ्गा र किरिबाटी, भनुआटुले पनि अहिले नै अपातकाल लगाएका छन्, त्यहाँ लकडाउन गरेका छन् ।
‘यो आयो भने त सकिइहाल्छ,’ डा. कोलिन टुकुइटोङ्गाले भनेका छन्, ‘त्यसैले अगाडि नै सतकर्ता अपनाएको राम्रो हो नि ।’
तर, अब अन्तिममा कोरोना भाइरस कुन देशमा देखिएला त ?
के यसबारे अहिलेसम्म वैज्ञानिकहरुले अनुमान गरेका छन् ?
छन् ।
‘नैरु हुनसक्छ,’ साउथ एम्प्टन विश्वविद्यालयका प्रोफेसर एन्डी टाटेमले भनेका छन्, ‘अहिले त्यहाँ लकडाउन गरिएको छ, त्यसैले यो भाइरस नगएको हुनसक्छ । तर, सधैं त्यही गरेर साध्य छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।