पूरै विश्व अहिले कोरोनाविरुद्धको लडाइँमा केन्द्रित छ । तर, मध्यपूर्वमा आतंककारी आक्रमणहरु गर्दै आएको इस्लामिक स्टेटले भने यसलाई अझ आफ्नो फाइदाका रुपमा लिने भएको छ ।
आइएसले आफ्ना लडाकूलाई कोरोनामा विश्वास नगर्न परिपत्र गरेको समाचार अन्तर्राष्ट्रिय सन्चारमाध्यमले प्रकाशन गरेका छन् ।
यसअघि आइएसले आफ्ना लडाकूलाई युरोप जानबाट प्रतिबन्ध लगाएको छ ।
भारतीय मिडिया नवभारत टाइम्समा मध्यपूर्वका मिडियाको हवाला दिँदै आइएसले आफ्नो न्युजलेटरमा यो महामारीमा अल्लाहमा विश्वास गर्ने र कसैलाई पनि दया नदेखाउने सन्देश दिएको उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।