५ अप्रिलमा बत्ती निभाएर टर्च, मैनबत्ती वा मोबाइलको फ्ल्यासलाइट बाल्न मोदीको अपिल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा दिएको आफ्नो भिडियो सन्देशमा भारतीयसँग् अप्रिल ५ को राति ९ बजे ९ मिनेट बत्ति बन्द गरेर घरको छत वा ढोकामा आएर मैनबत्ती, दियो, टर्च अर्थात् मोबाइलको फ्ल्यासलाइट बाल्न अपिल गरेका छन् । 

मोदीले महामारीको यो समयमा निरन्तर प्रकाशतर्फ जानुपर्ने र सबैभन्दा प्रभावित गरिब जनताको निराशालाई आशातिर ल्याउन जरुरत भएको पनि बताएका छन् ।

‘यो संकटबाट अन्धकार तथा अनिश्चितता जुन पैदा भएको छ, त्योभन्दा बढी उज्यालो बढाउनु पर्ने छ,’ उनले भनेका छन्, ‘कोरोना संकटको अन्धकारलाई हामी सबै मिलेर ५ अप्रिलमा चुनौति दिनुपर्छ ।’

उनले भारतीयसँग आफूले नौ मिनेटको समय मागेको पनि बताएका छन् ।

यसले प्रकाशको महाशक्तिको उजागर हुने र त्यो दिन आफूहरुले एक्लै छैनौँ भन्ने संकल्प गर्ने पनि मोदीले जनाएका छन् । 

तर, यो समयमा सोसल डिस्टेन्सिङलाई चाहिँ कसैले पनि भुल्न नहुने पनि उनले बताएका छन् । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ११:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया