खेलाडी तथा तिनका परिवारबारे राखेपको चासो

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक विज्ञप्ति जारी गर्दै खेलाडी तथा तिनका परिवारबारे जानकारी दिन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले राखेपअन्तर्गतका सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, निर्देशक तथा उप(निर्देशकहरू, प्रशिक्षकहरू, शाखा प्रमुखहरु, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुखहरु तथा सम्पूर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुखहरु एवं सम्पूर्ण कर्मचारीहरु र खेलाडीहरुलाई सम्बोधन गर्दै यसबारे जानकारी मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आ–आफ्ना मातहतमा रहेका अफिसहरु, कर्मचारीहरु, खेलाडीहरु, तथा पदाधकारीहरु र निजका परिवारको हालको अवस्था के कस्तो छ, बुझी विवरण पेस गर्नुहुन तथा कुनै कठिनाइ परेको खण्डमा सहयोग गर्नु, केन्द्रबाट केही गर्नुपरेमा त्यसको जानकारी गराउनुहुन निर्देशन गरिन्छ ।’ 

विभिन्न संघका पदाधिकारीहरूलाई पनि आफ्नो खेलाडीबारे जानकारी लिन अनुरोध गरिएको छ । यस्तो बेला धैर्य र संयम भएर सम्भव भएसम्मका कार्यहरु गर्न र परिषदअन्तर्गत बन्ने आइसोलेसन कक्षहरुमा पूर्ण रूपले सहयोग गर्न समेत थापाले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १४:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया