पाल्पा अस्पतालमा तीन जना काेराेना संक्रमित आशंका, स्वाब परीक्षण हुँदै

पाल्पा– जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनको आइसोलेसनमा उपचाररत तीनजना बिरामीको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको छ । तीनैजनामा कोभिड– १९ को लक्षण देखिएकाले परीक्षणका लागि स्वाब पठाइएको अस्पताल प्रशासनले जनाएका छन् ।

तीनजनामा बगनासकाली गाउँपालिकाका २० वर्षीय एक पुरुष र माथागढी गाउँपालिका– २ झडेवाका दुईजना छन् । २० वर्षीय पुरुषको स्वाब उनको घरबाटै संकलन गरिएको हो । जनप्रतिनिधि र अस्पतालका प्रमुख डा. पुष्प ज्ञवालीले घरमै पुगेर उनलाई जाँचेका थिए । 

हाल उनलाई अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । १० चैतमा भारतको मुम्बैबाट आएका उनमा उच्च ज्वरो देखिएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररतमा पनि उच्च ज्वरो र रुघाखोकी नियन्त्रणमा आएको छैन । दुवैजनाले विदेशीहरू आवतजावत गर्ने एक होटेलमा काम गरेकाले संक्रमणको आशंका गरी परीक्षणमा पठाइएको कलेजका निर्देशक डा. राजु शाक्यले बताए । 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १३:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया