कोरोना भाइरस संक्रमण रोक्नका लागि भारतमा १४ अप्रिलसम्म लकडाउन गरिएको छ । यहीबीच अब त्यहाँ लकडाउन जारी राख्ने कि अहिले नै हटाउने भन्ने विषयमा पनि चर्चा चल्न थालेको छ।
उता, भारतको राज्य उत्तर प्रदेशमा चाहिँ १५ अप्रिलबाट नै लकडाउन खोल्ने तयारी चलिरहेको छ । आइतबार मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशका विधायक तथा सांसदसँग भिडियो कन्फ्रेन्समा कुराकानी गरेका छन् । अनि उनले यही समयमा यसबारे बताएका हुन् ।
तर, लकडाउन खोले पनि उनले प्रदेशमा भीडभाड जम्मा हुने कुरा चाहिँ रोक्नु पर्ने बताएका छन् । तर, भारत सरकारले अर्को फैसला वा निर्णय गरेमा यो तयारीबाट उनी पछाडि हट्ने पनि स्पष्ट भएको भारतीय मिडियामा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।