पाँच पूर्वप्रधानमन्त्रीलाई फोन गरेर देउवाले भने– संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान अवस्थाबारे पाँच पूर्वप्रधानमनत्रीसँग छलफल गरेका छन् । पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा उनले मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका छन् ।

आइतबार दिउँसो ट्विट गर्दै उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिएका छन् । 

फोनवार्तामा आफूले संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको बताएका छन् । 

सभापति देउवाले ट्विटमा लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ, अपिल गरेको छु ।’ 

 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया