लकडाउन लम्ब्याउन सुदूरपश्चिम सरकारको सिफारिस

महेन्द्रनगर– लकडाउनको अवधि बढाएर कोरोना भाइरस संक्रमण रोकथामका पहल गर्न सुदूरपश्चिम सरकारले केन्द्र सरकारलाई सिफारिस गरेको छ । 

सुदूरपश्चिम प्रदेश नेपालमा कोरोना भाइरसको हटस्पट बन्ने सम्भावना बढ्दै गएपछि त्यहाँको सरकारले यस्तो सिफारिस गरेको हो । 

कैलालीमा विदेशबाट फर्किएका युवाको परिवारमा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएसँगै प्रदेश सरकारले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको हो । 

यसअघि आह्वान गरिएको लकडाउन २५ चैतमा सकिँदै छ । तर, अहिले लकडाउनका कारण कोरोना संक्रमणको फैलावट कम भएको भन्दै सुदूरपश्चिम सरकारले यस्तो अनुरोध गरेको हो । सरकारले ११ चैतदेखि देशभर लकडाउन गर्ने घोषणा गरेको हो ।

यता, सरकारले लकडाउनबारे के गर्ने भन्ने निर्णय निकालिसकेको छैन । जानकारहरु चाहिँ यो लकडाउन कम्तिमा पनि एक साताका लागि लम्बिने अनुमानमा छन् । 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया