आफ्नो घरछेउमा आएर गफ गरेको निहुँमा गोली हानी पाँचजनाको हत्या

एजेन्सी– रसियामा एक व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेका छन् । रातिको समयमा आफ्नो घरछेउको सडकमा बसेर ठूलो स्वरले गफ गरेको निहुँमा आक्रमणकारीले ती व्यक्तिको हत्या गरेका हुन् । 

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब दुई सय किलोमिटर टाढाको र्यजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरूले बताएका छन् ।प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफलसहित गिरफ्तार गरेको छ । 

सरकारले कोरोना भाइरसका कारण स्थानीयवासीलाई आ–आफ्ना घरभित्र बस्न आदेश दिएको थियो । तर, ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । 

यो घटना शनिबार राति १० बजे भएको थियो । मृत्यु भएकाहरूमा चारजना पुरुष र एक महिला छन् । 


 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया