साउदीमा ४ नेपाली काेराेना संक्रमित

काठमाडौँ — साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ४ जना नेपाली संक्रमित भएको पुष्टि गरेका छन् ।

उनले यी संक्रमितकाे अवस्था सामान्य भएकाे पनि बताएका छन् ।

तर उनीहरुकाे परिचय खुलाइएकाे छैन ।

 

आइतबारसम्म साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । शनिबारमात्रै थप १४० जनामा संक्रमण देखिएको छ । राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भएको । कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् । २९ जना संक्रमितको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १७:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया