कोरोनालाई टाढा राख्न भारतमा मुख्यमन्त्रीहरुले पनि मनाए ‘दीपावली’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलअनुसार आज सवा नौ बजे भारतमा देशभर नौ मिनेटसम्म बिजुली बन्द गरियो । अनि घरघरमा दीप प्रज्वलन गरियो । 

शुक्रबार मोदीले हरेक देशवासीसँग यो अपिल गरेका थिए । 

यही अभियानमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलगायत अन्य मुख्यमन्त्रीहरु पनि समावेश भएका थिए । 

प्रधानमन्त्री मोदीले अन्धकार हटाएर उज्यालो ल्याउन र कोरोनाको त्रासबाट हटाउन यो अभियान सुरु गरेका थिए ।

भारतमा अन्य हजाराैँले याे अभियानलाई साथ दिएका छन् । अहिले भारतीय सामाजिक सन्जालका प्रयाेगकर्ता यसबारे विभिन्न तस्वीर सामाजिक सन्जालमा पाेस्ट गरिरहेका छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार २१:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया