भैरहवामा पनि काेराेना परीक्षण सुरु

प्रदेश ५ को भैरहवामा कोरोना भाइरस (कोभिड– १९) परीक्षण सुरु भएको छ । आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो । पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

 प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा पोखरेलले प्रयोगशालालाई प्रदेशकै अत्याधुनिक स्वास्थ्य प्रयोगशाला बनाउने गरी काम गर्न निर्देशन दिए । 

प्रयोगशाला हाललाई कोरोना भाइरसको परीक्षणका लागि भए पनि प्रदेशमा पूर्ण क्षमताको जनस्वास्थ्य प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भएको प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनिकस्तरको स्वास्थ्य प्रयोगशालाको रूपमा अघि बढाउने गरी काम भएकोले सञ्चालनमा केही दिन ढिला भएको बताए ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार २१:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया