सैफकी छोरी अनन्या !

एजेन्सी– बलिउडमा अनन्या पाण्डेले जम्मा दुई वटा फिल्ममा काम गरेकी छिन् । तर, उनको चर्चा दैनिक बढिरहेको छ । फिल्म मेकर्सहरुले उनलाई आफ्नो फिल्ममा पनि लिन खोजिरहेका छन् । 

अहिले त बलिउडमा सबैभन्दा धेरै फिल्म हुनेमा उनी पनि गनिन थालेकी छिन् । उनको केही अघि मात्र रिलिज भएको फिल्म पति पत्नी और वो ले पनि बक्स अफिसमा राम्रो गरिरहेको छ । 

यहीबीच अब उनले थ्रिलर फिल्ममा काम गर्ने कुरा चर्चामा आएको छ । भारतको एक इन्टरटेनमेन्ट पोर्टलका अनुसार उनी यो फिल्ममा सैफ अलि खानकी छोरीको भूमिकामा देखिनेछन् । यो फिल्म बाबु र छोरीको सम्बन्ध र भूमिकामा नै केन्द्रित हुने जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार ९:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया