देशकाे नाम नै फेरिदिने राजा !

विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् ।

तर, देशको नाम फेरिदिन सक्ने सामथ्र्य राख्ने व्यक्ति हुन्, राजा मस्वाती ।

मस्वाती स्वाजील्यान्डका राजा हुन् ।

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही अघि आफ्नो देशको नाम फेरेर नयाँ नाम राखे– ‘द किङडम अफ इस्वातिनी’ ।

देश स्वतन्त्र भएको ५० वर्ष पुगेको उपलक्ष्यमा राजले यस्तो घोषणा गरेका हुन् ।

र, उनको घोषणासँगै यो निर्णय लागू पनि भएको छ । इस्वातिनीको अर्थ चाहिँ ‘स्वाजियोंको माटो’ भन्ने अर्थ हुन्छ । राजाले चालेको यो कदम अप्रत्याशित थियो, आकस्मिक थियो ।



त्यसो त राजा मास्वातीले धेरै वर्ष पहिले देखि नै देशलाई बारम्बार स्वाजील्यान्ड नभनेर इस्वातिनी भन्दै आएका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दा र सन् २०१४ मा देशको सांसद्मा सम्बोधन गर्दा पनि उनले यही नाम लिएका थिए ।



तर, देशको नाम परिवर्तन गरिएकोमा स्वाजिल्यान्डवासी आक्रोशित छन् । उनीहरुले देशको आर्थिक व्यवस्था कमजोर हुँदै गएको र राजाले त्यसबाट ध्यान हटाउन यस्तो पहल गरेको आरोप लगाएका छन् ।

  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार ८:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया