चौथो छोरी जन्मिएपछि बाबुले फाले छोरीहरुलाई इनारमा

समाज पछिल्लो समय जतिसुकै शिक्षित होस् या हाइटेक नै किन नहोस्, छोरा र छोरीबीचको भेदभाव अझै पनि रोकिएको छैन । 

एउटा यस्तै घटना आएको छ, भारतमा । एक पिताले आफ्नो चौथो सन्तान पनि छोरी भएपछि तीन छोरीलाई कुवामा फालेर हत्या गरेका छन् । त्यसपछि उनी स्वयंले पनि कुवामा हाम्फालेर आत्महत्या गरेका छन् । 

प्रहरीका अनुसार बिहिबार मात्र उनकी श्रीमतीले चौथो बच्चाका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । यसअघि उनका छोरीहरु ७, ५ र ३ वर्षका थिए । रसिक सोलंकी नामका यी व्यक्ति भारतीय प्रहरीमा थिए । रसिकले यो सब गर्दा चाहिँ उनकी पत्नी माइतमा थिइन् । 

यो घटना हो, भारतको नयाँ दिल्लीको ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया