अछामका पाँचै जनालाई काेराेना नभएकाे पुष्टि

कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका अछामका पाँचैजनामा कोरोना नभएको पुष्टि भएको छ । 

न्याय हेल्थ नेपाल बयलपाटाका अनुसार दुई स्वास्थ्यकर्मीसहित अन्य तीनजनामा कोरोनाको जस्तै लक्षण देखिएपछि उनीहरूलाई निगरानीमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनीहरूमध्ये तीनजनालाई आइसोलेसनमा राखिएको थियो भने दुईजना स्वास्थ्यकर्मीलाई छुट्टै निगरानीमा राखिएको थियो ।

परीक्षणका लागि गत शुक्रबार स्वाबको नमुना पठाइएकोमा तीन दिनपछि सेती प्रादेशिक अस्पताल धनगढीले उनीहरूमा कोरोना नदेखिएको रिपोर्ट दिएको हो । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनीहरूमा ज्वरो, रुघाखोकी र श्वास–प्रश्वासको समस्या देखिएको थियो । उनीहरूमध्ये तीनजना जिल्लाबाहिरबाट आएका थिए ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार ०:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया