काठमाडौं– सरकारले लकडाउनको समय कम्तिमा पनि एक साता थप्ने तयारी गरेको छ ।
यही विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सीमा नाका बन्द गर्ने र लकडाउनको समय थप्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ ।
एक मन्त्रीका अनुसार कोरोनाभाइरस संक्रमण रोकथामका लागि यही नै सबैभन्दा उत्तम विकल्प भएको निष्कर्ष निस्किएको छ । त्यसैले पनि सरकारले अहिले लकडाउनको समय थप्ने निर्णय गर्ने उनले बताएका छन् ।
आज लकडाउनको समय थप्ने विषयमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने पनि सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।