अमेरिकाको ब्रोन्क्स चिडियाघरमा बाघमा देखियाे कोरोनाभाइरस

एजेन्सी– अमेरिकाको ब्रोन्क्स चिडियाघरमा चार वर्षको मलायन बघिनीमा पनि कोरोनाभाइरस देखिएको छ ।

यो बघिनीलाई चिडियाघर प्रशासनले नदिया नाम दिएको थियो । नदियामा कोरोनाभाइरस देखिएपछि यो मानिसबाट जनावरमा पहिलो पटक कोरोनाभाइरस सरुवा भएको हुनसक्ने अनुमान गरिएको छ ।

न्युयोर्कमा रहेको ब्रोन्क्स चिडियाघरले यो बघिनीको टेस्ट गरिएको र त्यसको रिजल्ट पोजेटिभ आएको बताएको छ । नदियासँगै अन्य ६ बाघलाई पनि कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान छ । अन्य बाघको टेस्ट गरिँदै छ । 

चिडियाघरमा नै काम गर्ने तर कोरोनाको कुनै लक्षण नदेखाएका एक कर्मचारीबाट यी बाघहरुमा कोरोना भाइरस संक्रमण भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

बाघले गत महिनाको अन्त्यतिर सुख्खा खोकीसहित कोभिड १९ का लक्षण देखाउन थालेपछि परीक्षण गरिएको थियो ।

‘यो पहिलो पटक हो एक व्यक्तिले जनावरलाई संक्रमण सारेको,’ चिडियाघरका प्रमुख भेटरेनरी पाउल कल्लेले बताएका छन् ।



नदियासँग उनकी बहिनी मानिएकी अर्की बघिनी अजुल, दुई अन्य बाघ र तीन अफ्रिकन सिंहले पनि कोभिड १९ का लक्षण देखाएको चिडियाघरले जनाएको छ । साथै, चिडियाघरले यी सबै छिटो निको हुने विश्वास लिएको पनि जनाएको छ ।

यो घटनालाई विशेषताका साथ किन लिइएको छ भने यसरी मानिसबाट जनावरमा पहिलो पटक कोरोनाभाइरस सरेको पाइएको हो । योसँगै केहीअघि विश्व स्वास्थ्य संगठनले कुकुर र बिरालोबाट कोभिड १९ संक्रमण नफैलिने भनेको विषयमा फेरि अध्ययन गर्न थालिएको छ ।



  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १२:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया