उपचारपछि कनिका कपुर अस्पतालबाट डिस्चार्ज

नयाँदिल्ली– बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरसबाट संक्रमित कनिका उपचारपछि सोमबार बिहान डिस्चार्ज भएकी हुन् । 

दुई साताको उपचारपछि उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले सोमबार बिहान डिस्चार्ज गरेको हो । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ । 

गायिका कनिकालाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १४:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया