एन आई सी एशिया बैंकमा अनलाइन खाता खोलेर पहिलो मोबाइल बैंकिङ गर्दा ५ सयसम्म रकम फिर्ता हुने

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलेर पहिलो मोबाइल बैकिङ कारोबार गर्दा ५ सयसम्म रकम फिर्ता दिने भएको छ ।

एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेटमा नै आफ्नो खाता निःशुल्क खोल्न सक्नेछन् । खाता खोलिसकेपछि ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

यसरी खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । यसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँसम्म फाइदा हुने जनाइएको छ ।

अनलाइन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने ग्राहकलाई बैंकले पाँच सय रुपैयाँसम्म फिर्ता दिने पनि योजना यसैसाथ ल्याएको छ । 

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा  मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्ने योजना पनि बैंकले सार्वजनिक गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १८:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया