भारतमा एक दिनमा ७ सय कोरोनाभाइरस संक्रमित

एजेन्सी– भारतीय स्वास्थ्यमन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा कोभिड १९ संक्रमणका ६९३ नयाँ व्यक्ति भेटिएका छन् । योसँगै अब भारतमा कोरोना संक्रमितको संख्या ४०६७ पुगेको छ ।

यीमध्ये १४४५ जना त दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातको कार्यक्रममा सहभागी भएका व्यक्रि थिए ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कुल संक्रमितमध्ये ७६ प्रतिशत पुरुष छन् । मृतकका ७३ प्रतिशत पुरुष र २७ प्रतिशत महिला छन् । 

अब भारतमा कोरोनाका कारण १०९ जनाको मृत्यु भएको छ । यसमा ६३ प्रतिशत ६० वर्षभन्दा बढीका छन् । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १८:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया