कोरोनाभाइरसः मुम्बईको एक अस्पतालमा २६ नर्स र ३ डाक्टर संक्रमित

एजेन्सी– छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । पछिल्ला २४ घन्टामा त्यहाँ ६ सयभन्दा धेरै संक्रमित भेटिएका छन् । अनि अब भारतमा कोरोना संक्रमितको संख्या ४०६७ पुगेको छ । कोभिड १९ का कारण त्यहाँ मृत्यु हुनेको संख्या पनि ११० पुगेको छ ।

भारतमा अहिले सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित महाराष्ट्रमा भटिएका छन् । 

अर्कोतिर, मुम्बईको उक अस्पतालमा २६ नर्स तथा तीन डाक्टरलाई नै कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

नर्स र चिकित्सकहरुलाई नै कोरोना संक्रमण देखिएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अस्पतालमा कसैलाई पनि जान दिइएको छैन ।

समाचार एजेन्सी पिटिआईका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार २२:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया