अचानक किन भाइरल भइरहेछ ऐश्वर्याको यो भिडियो ?

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनी सामाजिक सन्जालमा पनि खासै सक्रिय छैनन् । 

तर, अहिले सामाजिक सन्जालमा उनको एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियो ऐश्वर्याको एउटा गीतमा नाचेको भिडियो हो । रिपोर्टहरुका अनुसार यो भिडियो सन् १९९७ मा सुट गरिएको फिल्म राधेश्याम, सीतारामको हो । तर, यो फिल्म अहिलेसम्म रिलिज भएको छैन । 

फिल्ममा ऐश्वर्या र सुनील शेट्टीले अभिनय गरेका थिए ।

त्यसो त ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दियो बाल्ने अपिललाई फलो गरेको भिडियो पनि राखेकी छिन् । भिडियोमा उनी पति अभिषेक र छेरी आराध्यासँग देखिएकी छिन् । यो भिडियोभन्दा पनि ऐश्वर्याले नराखेको भिडियो चाहिँ अहिले भाइरल भइरहेको छ ।

  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ०:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया