पैसाको नोटमा चार दिनसम्म रहन सक्छ कोरोनाभाइरस

कोरोनाभाइरससँग बच्नका लागि हामीले अहिले निकै धेरै सावधानीहरु अपनाइरहेका छौँ । तर, कहिलेकांही यी सावधानीहरुबीच पनि पैसाको नोटबाट कोरोना भाइरस संक्रमित हुँदैन भन्ने सोचिरहेका हुनसक्छौँ । 

तर, चीनमा भएको एक अध्ययनले पैसाको नोटबाट पनि कोरोनाभाइरस संक्रमण हुन सक्ने बताएको छ । अनि त्यो अध्ययनमा कोरोनाभाइरस पैसाको नोटमा चार दिनसम्म बाँँच्न सक्ने पनि बताइएको छ । 

नेपालमा पनि विभिन्न बैंकले अहिले डिजिटल कारोबारका लागि अभियान चलाएका छन्, प्रोत्साहन गरेका छन् । 

हङकङ विश्वविद्यलायका अनुसन्धानकर्ताहरुले अलगअलग बस्तुमा कोरोना भाइरस कतिसम्म रहनसक्छ भन्ने समयसीमा ल्याएका छन् । यसमा बैंक नोटमा भाइरस चार दिनसम्म रहनसक्ने बताइएको छ । त्यसैले उनीहरुले बैंक नोट छोएपछि साबुन पानीले हात धुन अनुरोध गरेका छन् ।

साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचारअनुसार कोरोनाभाइरस स्टिल तथा प्लास्टिकको सहतमा चार दिनसम्म रहन सक्ने पनि बताइएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार २:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया