के कोरोनालाई ब्रुफेन र सिटामोलले ठिक हुन्छ ?

यदि तपाईं सामाजिक सन्जालमा आएका सबै कुराहरुमा विश्वास गर्नुहुन्छ भने पछिल्लो समय पक्कै कोरोना भाइरस संक्रमण र यसबारे अनेक कुराहरु हेर्नुभएको होला । सामाजिक सन्जालमा अहिले विश्वमा त्रास बनिरहेको कोरोना भाइरसको रोकथामका विषयमा अनेक समाचार आइरहेका छन् ।

कतिपयले त ब्रुफेन खाँदा वा सिटामोल खाँदा पनि कोरोना भाइरस संक्रमण रोक्न सकिने बताइरहेका छन् । अनि यस्ता मेसेज हाम्रा मेसेन्जर यापहरुमा पनि आइरहेका छन् । 

तर, के साँच्चिकै ब्रुफेन, ब्रुसेट वा सिटामोल खाँदा कोरोना भाइरस लाग्दैन त ?

विश्वका विभिन्न देशमा अहिले कोरोना भाइरसबारे अध्ययन भइरहेको छ । तर, कुनै पनि देशमा अध्ययन गरिरहेकाहरुले ब्रुफेन खाँदा कोरोना भाइरस ठिक हुन्छ भन्ने अभिव्यक्ति दिएका छैनन् । त्यस्तै, सिटामोल खाँदा कोरोना भाइरसका देखिएका लक्षण ठिक हुन्छन् भन्ने पनि कसैले बताएका छैनन् । 

त्यसैले यो सब अहिलेका लागि हल्लामात्र हुन् । 

बरु अहिले सामान्य ज्वरो आउँदा वा शरीर दुख्दा पनि औषधी खाने बानी भएकाहरुले एक पटक चिकित्सकसँग परामर्श गरेर मात्र अगाडि बढ्नु पर्ने धारणा बाहिर आएका छन् । अनि अहिले औषधी खाइरहेकाहरुले कुनै औषधी खान छोड्ने हो भने पनि एक पटक चिकित्सकसँग सल्लाह गर्नै पर्ने हुन्छ ।



नेपाली बजारमा पनि सिटामोल र ब्रुफेन दुवै लोकप्रिय औषधी हुन् । यी दुवै औषधी हामीले ज्वरो आउँदा प्रयोग गरिरहेका हुन्छन् । तर, यस्तो समयमा पनि हामीले यसको साइड इफेक्टबारे चाहिँ बेवास्ता गरिरहेका हुन्छौँ ।

तर, अहिले विश्वमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट रोक्नका लागि ब्रुफेन वा सिटामोल प्रभावकारी देखिएको छैन । यदि तपाईंलाई पनि चिकित्सकले यी औषधी नखानू भन्ने सल्लाह दिएका छन् भने यी औषधीको सेवन तपाईंहरुले गर्नु नै हुँदैन ।



  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ३:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया