यस्तो रहेछ अमेरिकामा कोरोना संक्रमणको चिनियाँ कनेक्सन

कोरोना भाइरस सुरुमा चीनमा देखिएको थियो । तर, अब यसले चीनभन्दा पनि बढी अमेरिकालाई प्रभावित गरेको छ । अनि अमेरिकाका अधिकारीले बेलाबेलामा चीनलाई यसबारे दोष दिन पनि थालेका छन् । 

यहीबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले अमेरिकामा कोरोना भाइरस र चिनियाँ कनेक्सनबारे एउटा रिपोर्ट प्रकाशित गरेको छ । 

रिपोर्टअनुसार कोरोना संक्रमण चीनमा फैलिएपछि नै चीनबाट अमेरिका ४ लाख ३० हजार मानिस पुगेका थिए । यीमध्ये हजारौँ जना सिधै वुहानबाट अमेरिका पुगेका थिए । वुहान नै यो कोरोना भाइरस महामारीको केन्द्र हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध लगाउनुभन्दा पहिले नै अमेरिकामा चीनबाट १३ सय सीधा उडान गरिएको र यी उडानहरु १७ राज्यमा फैलिएको बताइएको छ ।

कतिले त यात्रा प्रतिबन्ध लागेको दुई महिनापछि पनि यात्रा गरेका थिए । त्यसमा ४० हजारभन्दा धेरै मानिस भएको रिपोर्टमा प्रकाशित गरिएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ३:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया