अमेरिकामा सिकागोकी मेयर लोरी लाइटफुटले सिकागोमा कोभिड १९ का कारण मृत्यु हुने नागरिकमा ७२ प्रतिशत अश्वेत रहेको बताएकी छिन् ।
उनले श्वेत नागरिकभन्दा अश्वेत नागरिकको निधन धेरै भएकाले यसबारे गम्भीर भएर सोच्नु पर्ने र अफ्रिकन अमेरिकनहरुका लागि नयाँ डाटा लिएर काम गर्नु पर्ने पनि बताएकी छिन् ।
त्यहाँका स्वास्थ्य अधिकारीले पनि ५२ प्रतिशत कोरोनाभाइरस संक्रमित अश्वेत नागरिक भएको स्वीकार गरेका छन् ।
लाइटफुटले चाहिँ स्वास्थ्यकर्मीहरुले अश्वेतमाथि विभेद गरेको आरोपसमेत लगाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।