काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर महानगरलाई दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
एम्बुलेन्स कोरोना भाइरसको महामारी नसकिन्जेलसम्मका लागि ललितपुर महानगरले प्रयोग गर्नेछ । कोरोनाको संकट अन्य भएपछि महानरले एन्फालाई एम्बुलेन्स फिर्ता गर्नेछ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सबैले सहयोग गरिरहेको अवस्थामा एन्फाले आफ्ना दुई एम्बुलेन्स सहयोग गरको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । एन्फाले यसअघि नै आफ्ना भौतिक संरचनाहरु कोरोना भाइरसको आइसोलेसन र क्रेन्टाइनका लागि प्रयोग गर्न मिल्ने बताइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।