विश्वभर बेलायती प्रधानमन्त्री बोरिसको निधनको हल्ला

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अहिले लन्डनको एक अस्पतालको आइसियूमा उपचाररत छन् ।

तर, सामाजिक सन्जालमा उनको निधन भइसकेको समाचार अहिले व्यापक सेयर गरिन थालेको छ । ११ दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएपछि बोरिस केही समयमा लागि घरमा नै आइसोलेसनमा बसेका थिए । 

तर, स्वास्थ्यअवस्था अत्यन्त गम्भीर भएपछि उनलाई दुई दिनअघि अस्पतालमा राखिएको थियो । अस्पतालामा उनलाई राखिएको २४ घन्टा नबित्दै आइसियूमा सारिएको थियो । 

सघन उपचार कक्षमा उपचार गराइरहेका बोरिसको अवस्था सामान्य भएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको पनि जानकारी बेलायती अधिकारीहरुले दिँदै आएका छन् । 

तर, विश्वका विभिन्न अनलाइनहरुमा आएका फेक समाचार अहिले विश्वभर व्यापक सेयर भएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुले पनि यसलाई सेयर गर्न थालेका छन् । 

नेपालकै केही मानिसहरुले पनि यो फेक समाचार सेयर गरिरहेका छन् । 



उता, बिबिसीले चाहिँ अहिले प्रधानमन्त्री बोरिसको अवस्थाबारे उनको अनुपस्थितिमा कार्यभार सम्हालेका डोमिनिक रोबलाई उद्धृत गर्दै उनले राम्रो हेरचाह र उपचार पाइरहेको जनाएको छ ।



  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १६:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया