लकडाउनः पाकिस्तानमा मरे सयौँ कुकुर, बिराला

कोरोनाभाइरस संकटसँग जुधिरहेको पाकिस्तानमा सयौँ लावारिश पुशहरुको मृत्यु भएको छ । 

पाकिस्तानी सहरहरुमा भएको लकडाउनका कारण त्यहाँ पशु बजारमा पिजँडामा राखिएका जनावरहरुको मृत्यु भएको पाकिस्तानी सन्चारमाध्यमले उल्लेख गरेका छन् । 

कराँचीमा सयौँ बिरालो र कुकुरको मृत्यु भएपछि बाँकी रहेका बिरालो र कुकुरको उद्दार पनि गरिएको छ ।

अर्कोतिर, पाकिस्तानमा कोरोना संक्रमितको संख्या पनि निकै बढिरहेको छ । अहिले त्यहाँ ३८६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अनि ५४ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १८:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया