एजेन्सी– अमेरिकी सहर न्युयोर्कका गर्भनर एन्ड्र्यु क्युमोले केहीअघि त्यहाँ आज भएका मृत्यु र कोरोना संक्रमितको संख्याबारे नयाँ जानकारी दिउका छन् ।
उनका अनुसार सोमबार न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । उनका अनुसार सोमबारमात्र ७३१ जनाले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।
न्युयोर्कमा मात्र अहिलेसम्म कोभिड १९ का कारण ५ हजार ४ सय ८९ जनाले ज्यान गुमाएका छन् । अनि त्यहाँ ३९ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् ।
उनले छिमेकी न्यु जर्सीमा मृतकको संख्या अझ धेरै भएको बताएका छन् । उनका अनुसार न्यु जर्सीमा कम्तिमा पनि एक हजार जनाले एकै दिनमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।