कन्चनपुरमा काेराेनाका र्‍यापिड टेस्ट सुरु

भारतबाट फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु गरेको छ ।

मंगलबारदेखि भारतबाट नेपाल फर्किएका तथा विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिको र्‍यापिड टेस्ट गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले जानकारी दिए । उनका अनुसार पहिलो दिन ९५ जनाको नमुना संकलन गरिएको छ ।

काठमाडौंबाट आएको तालिमप्राप्त विशेषज्ञ चिकित्सकको टोलीले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा रहेको बैजनाथ माविको क्वारेन्टाइनमा बस्दै आएका ९५ जनाको नमुना संकलन गरेको हो । संकलन गरिएको नमुना काठमाडौंमा पठाएर र्‍यापिड डाइग्नोष्टिक टेस्ट किट र पिसिआर मेसिनबाट परीक्षण गरिने जनाइएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि खटाएको टोलीले कञ्चनपुर र कैलालीमा नमुना संकलनको काम थालेको छ ।

भारतबाट फर्किएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका सबैको र्‍यापिड टेस्ट गरिने छ । भीमदत्त नगरपालिका– ४ बैजनाथ क्वारेन्टाइनमा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई राखिएको छ । कञ्चनपुरका विभिन्न क्वारेन्टाइनमा दुई सय १० जना बस्दै आएका छन् ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार २२:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया