भारतमा गायिका कनिका कपुर र निर्देशक करिम मोरानीका दुई छोरी पछि अर्का एक बलिउलड सेलेब्रिटीलाई पनि कोरोनाभइरस संक्रमण भएको छ ।
रक अन, रक अन २, टाइपराइटर अवारापनलगायतका फिल्ममा काम गरिसकेका पूरब कोहलीको पूरै परिवारमा कोभिड १९ देखिएको हो । तर, अब उनीहरु सबैलाई ठिक भएको पनि बताइएको छ । यसको जानकारी पूरब स्वयंले आफ्नो सामाजिक सन्जालमा लेखेर दिएका हुन् ।
उनले अहिले सबैलाई ठिक भएको तर आफूलाई कोरोनाभाइरस संक्रमण भएको कुरा सेयर गर्नुको कारण आम मानिसमा डर नरहोस् भन्ने लागेको आफ्नो सामाजिक सन्जालको पोस्टमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।