करोड सहयोग गरेर अर्बौ आर्शिवाद लिएका सलमान खान

अहिले विश्व कोरोनाभाइरसविरुद्ध लडिरहेको छ । अनि अधिकांश देशमा लकडाउन भएकाले दैनिक मजदूरी गर्नेहरु निकै ठूलो समस्यामा परेका छन् । 

तर, यस्तै समयमा केही सेलेब्रिटीहरुले उदार मन देखाएका छन् । उनीहरुले यही सोचेर दैनिक मजदूरी गरेर घर चलाउने मजदूरहरुलाई सहयोग गरेका छन् । 

यस्तै सहयोग गर्नेमध्ये एक हुन्, सलमान खान । बलिउड अभिनेता सलमान खानले पनि अहिले भारतमा फिल्म उद्योगका सबै मजदूरहरुको लागि सहयोग गर्न थालेका छन् । कोरोनाभाइरस महामारीबीच लकडाउनका कारण घरमा नै सिमित भएका मजदूरहरु सबैको खातामा सलमानले प्रतिव्यक्ति ३ हजार भारतीय रुपैयाँ जम्मा गरिदिएका छन् । 

यसका लागि उनले त्यहाँका सिने उद्योगका महासचिव अशोक दुबेसँग डाटा लिएको र अप्रिल महिनाका लागि १९ हजार जनाको खातामा ३ हजारका दरले रकम जम्मा गरिदिएका छन् । 

उनले मेमा पनि उनीहरुलाई प्रति व्यक्ति ३ हजार दिने बताएका छन् । यसरी दुई महिनामा उनले मजदूरहरुको खर्चमा १० करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गर्ने भएका छन् । 

सलमानको सहयोगी मन देखेर भारतीय मिडियाले आफ्ना रिपोर्टहरुमा लेख्न थालेका छन्– करोड दान गरेर अर्बौको आर्शिवाद लिँदैछन् सलमान खान ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार ५:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया