कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख

विराटनगर — कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने भएकाे छ।

प्रदेशकाे मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले संक्रमितको उपचार र रेखदेखमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी लगायतको मृत्यु भए उनीहरुको परिवारलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तो सहयोग कोरोना भाइरसको नियन्त्रण, रोकथाम, संक्रमितको उपचारजस्ता काममा सक्रिय रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहका कर्मचारी वा यस्तो काममा लाग्नेको मृत्यु भए तिनका परिवारलाई दिइनेछ ।

प्रदेश १ मा मंगलबारसम्म ९० जनाकाे काेराेना संक्रमण गरिएकाे छ । यसमध्ये ८५ जनाकाे नतिजा नेगेटिभ आएकाे छ । अन्यकाे रिपाेर्ट आउन बाँकी छ ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार २:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया