ट्विटरका सिइओले कोरोनाविरुद्ध लड्न दिए आफ्नो कूल सम्पत्तिको एक चौथाईं

एजेन्सी– माइक्रोब्लगिङ साइट ट्विटरका सिइओ ज्याक डोर्सीले आफ्नो कूल सम्पत्तिको एक चौथाईंभन्दा धेरै अर्थात् २८ प्रतिशत सम्पत्ति कोरोनाभाइरसविरुद्ध लड्न दिने भएका छन् । 

बुधबार विहान ट्विट गर्दै उनले यो जानकारी दिएका हुन् । उनको कूल सम्पत्तिको २८ प्रतिशत भनेको १ बिलियन अमेरिकी डलर हुन आउँछ ।

उनले यो रकम स्टार्ट स्मल फाउन्डेसनलाई दिएका हुन् जुन कोभिड १९ विरुद्धको लडाईंमा खर्च गरिने छ । उनले आफूले दिन लागेको रकमबारे एक एक्सेल सिट बनाएर विश्वभरबाट हेर्न मिल्ने बनाएका छन् । सबै ट्रान्सफर तथा खर्च यसबाट विश्वका जो सुकैले हेर्न सक्ने उनले बताएका छन् । 

उनले आफूले सिक्न र अरुबाट सिक्न पनि यसरी पारदर्शी रुपमा आफूले योगदान गरेको बताएका छन् । अनि साथै आफूले सबैको सुझाव लिनेसमेत ट्विट गरेका छन् ।

अहिले विश्वमा आफूले गर्न सकेको सहयोग गरेको र यो नै अहिलेको आवश्यकता भएको भन्दै उनले जीवन छोटो भएको र आफूले गरेको योगदानको प्रभाव आफ्नै जीवनमा हेर्न चाहेकाले यस्तो गरेको बताएका छन् । उनले अन्तिममा भनेका छन्– जीवन अत्यन्त छोटो छ, मानिसहरुलाई सहयोग गर्न हामीले गर्न सकिने कुरा अहिले नै गरौँ । 





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार ३:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया