आइतबारबाट ग्यास पूरा भरिएको सिलिन्डर पाइने

काठमाडौं– कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन सुरु गरेपछि आयल निगमले आधा मात्रै सिलिन्डर ग्यास वितरण सुरु गर्न निर्देशन दिएको थियो । तर, अब आइतबारबाट भने प्रूरा भरिएको ग्यास सिलिन्डर नै पाइने भएको छ । 

नेपाल आयल निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेसँगै उपभोक्ताले पूरै भरिएको ग्यास सिलन्डिर पाउने भएका हुन् । 

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार निगमले सबै ग्यास उद्योगलाई बिहीबारदेखि नै भरी सिलिन्डर ग्यास भर्न निर्देशन दिएको छ ।  बजारमा भएका आधा मात्रै भरिएका सिलिन्डर बिक्री सकिएपछि आइतबारबाट भरी सिलिन्डर ग्यास बिक्री हुने उनको भनाइ छ । 

निगमले चैत १६ गतेदेखि मुलुकभर आधा सिलिन्डर मात्रै ग्यास बिक्री गरेको थियो । यसअघि निगमले चैत १२ गते आधा सिलिन्डर ग्यास बिक्री–वितरण गर्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १७:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया