७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना

काठमाडौं– सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको थियो । 

देवकोटाका अनुसार केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्ण रुपमा तयार भएको छ । त्यहाँ अहिले सयभन्दा बढी शय्या र सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ ।  

उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित नभेटिएको उनले जानकारी दिए । यसैगरी उनले आठजना सङ्क्रमितका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिए । 

यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, संक्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ । मन्त्रालयले नमुना संकलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेसिन पठाएको उनले बताए । 





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १८:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया