स्वास्थ्य सामग्री खरिदका लागि सेनाले गर्यो पाँच देशलाई पत्राचार

काठमाडौं– नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदको प्रक्रिया अघि बढाएको छ । यसका लागि सेनाले भारतलगायत पाँचवटा देशलाई पत्राचार गरेको छ ।

सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पत्राचार गरिएको जानकारी दिएका छन् । 

सैनिक प्रवक्ता पाण्डेले आवश्यक स्वास्थ्य सामग्रीका लिस्ट पठाएको र उताबाट कस्तो जवाफ आउँछ त्यसको आधारमा खरिद प्रक्रिया सुरू हुने बताएका छन् । 

स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून छ । ती देशरूमा रहेका सैनिक सहचारीमार्फत पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको पाण्डेले बताए ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १९:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया