कोरोनाभाइरस परीक्षण गर्न सुदूरपश्चिममा ८ सयभन्दा बढीको नमूना संकलन

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमण परीक्षणका लागि सुदूरपश्चिमका जिल्लामा ८ सयभन्दा बढीको नमूना संकलन गरेको जनाएको छ । सरकारले सुदूरपश्चिमका केही जिल्लामा विशेषज्ञसहितको चिकित्सक टोली खटाएको छ । 

संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मार्फत् कोरोनाभाइरस संक्रमण आशंका गरिएका ती जिल्लामा नेपाली सेना, नेपाल प्रहरीको चिकित्सकीय टोली तथा अन्य विशेषज्ञसहितको टोलीले नमूना संकलन गरेको हो । 

सेनाले पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा मंगलबार र बुधबार दुई दिनमा मात्र र्याापिड टेस्ट मार्फत आठ सय बढीको स्वाब संकलन गरिएको सेनाले जनाएको छ । 

टोलिले भारतबाट फर्किएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्राक्ट ट्रेसिङसमेत पहिचान गरिसकेको छ ।  ती व्यक्तिहरूको परीक्षणाका लागि नमुना लिई सकिएको छ । योसँगै नेपाल कोरोना  संक्रमणको कुन तहमा छ भन्ने खुल्छ ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १९:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया