विश्व स्वास्थ्य संगठनले दियो ट्रम्पको चेतावनीको जवाफ

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीकाबीच विश्व स्वास्थ्य संगठनको कामको विषयमा एक विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले संगठनले आफूहरुलाई सहयोग नगरेको अरोप लगाउँदै विश्व स्वास्थ्य संगठन चीन परस्त भएको शब्द प्रयोग गरेका थिए । 

ट्रम्पले स्वास्थ्य संगठनले कोरोनाभाइरस र यसको संक्रमणबारे पहिले नै अमेरिकालाई जानकारी नदिएर ठूलो गल्ती गरेको आरोप लगाएका पनि थिए । कतिसम्म भने उनले अहिले विश्व स्वास्थ्य संगठनले पाइरहेको अमेरिकी सहयोग रोक्नेबारे सोचेको पनि बताएका थिए ।

अब विश्व स्वास्थ्य संगठनले यसको जवाफ दिएको छ । 

जेनेभामा भएको प्रेस कन्फ्रेन्समा विश्व स्वास्थ्य संठनका निर्देशक ट्रेडरोस अधानोम गेब्रियेससले यसको जवाफ दिँदै भनेका छन् कि कोरोनाभाइरसमाथि अहिले राजनीतिकरण गर्ने समय होइन । उनले अहिले सबै राजनीतिक दलको ध्यान आफ्ना देशका नागरिकलाई बचाउने हुनुपर्ने पनि बताएका छन् ।

विश्वमा नै अहिले ठूलो समस्या परेको र संक्रमणलाई अझ बढाउने हो भने मात्र विश्व राजनीतिक रुपमा विभाजन हुनु पर्ने अन्यथा सबैले यो भाइरसविरुद्ध लड्नु पर्ने बताएका छन् । 

६० हजारभन्दा बढी मानिस गुमाइसकेको यो परिवेशमा राजनीतिक महत्वकांक्षा देखाउन नहुने उनले बताएका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया