बझाङमा मेला चलाएका चार वडाध्यक्ष प्रहरी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छबिसपाथीभेरा गाउँपालिकाका चारजना वडाध्यक्षसहित नौजनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

लकडाउन उल्लंघनको आरोपमा अरूको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी ठहर भए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिनेछ ।

पक्राउ पर्नेमा छबिसपाथीभेरा– २ का वडाध्यक्ष विकास अयडी, वडा नं. ३ का अध्यक्ष केशवराज जोशी, वडा नं. ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर नेत्र बोहराले जानकारी दिए ।

पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समितिका कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको इन्स्पेक्टर बोहराले बताए ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया