करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

दाङ– दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका ३७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

थापा बिहीबार नालामा करेन्ट लगाएर माछा मार्दै थिए । करेन्ट लागेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो । थापाको शवलाई राप्ती प्रादेशिक अस्पतालमा पोष्टमाटमका लागि राखिएको छ ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १४:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया