फरहान अख्तरले बढाए १५ किलो तौल

बलिउड अभिनेता फरहान अख्तरको आगामि फिल्मको नाम तुफान हो । फिल्ममा उनी एक बक्सरको भूमिकामा देखिँदैछन् । त्यसैले उनले यसका लािग निकै मेहनेत पनि गरेका छन् । 

यो फिल्मको फस्र्ट लुक त धेरै अगाडि नै जारी गरिएको थियो । तर, यहीबीच भारतीय मिडियामा फरहानले १५ किलो वजन बढाएको समाचार आइरहेका छन् । यसका लागि उनलाई ६ साताको समय लागेको थियो ।

‘मेरो फिटनेस त मेरो जीवनशैलीको एक तरिका हो, एउटा निश्चित दिनचार्य मात्र होइन,’ उनले भनेका छन्, ‘म सधैं त्यस्ता कुराहरुबाट बच्छु जसले शरीरलाई राम्रो गर्दैनन् ।’





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १६:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया