कैलाली र कञ्चनपुरका ६६ जनाको नमुना परीक्षणमा कोरोना संक्रमण नेगेटिभ

काठमाडौं– सरकारले कैलाली र कञ्चनपुरबाट संकलन गरी ल्याएका ६६ जनाको नमुना परीक्षणमा कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढीमा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएको थियो ।

तीमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । 

सरकारले काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि परीक्षण गर्ने तयारी गरिरहेको उनले बताए । 





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १७:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया