लकडाउनमा ओठ भयो सुख्खा र कालो ? घरमै यसरी उपचार गर्नुहोस्

अहिले कोरोनाभाइरस संक्रमणबाट बच्न नेपाल सरकारले लकडाउन आह्वान गरेको छ । अनि यो समयमा घरमै बस्नु पर्दा कहिलेकांही आफ्नो सौन्दर्यमा ध्यान दिन नसकिने पो हो कि भन्ने पनि लाग्छ । 

यस्तो अवस्थामा सबैभन्दा बढी हाम्रो ओठमा देखिन पनि सक्छ ।

यसका लागि एउटा उपाय भनेको राति सुत्नुअघि बदामको तेल लगाउनु हो । बदामको तेल ओठमा लगाएर मसाज गरेर सुत्दा सुख्खा भएको ओठमा छुट्टै निखार आउँछ । 

बदामको तेल छैन भने पनि आत्तिनु पर्दैैन । एक चम्चा चिनीमा एउटा कागतीको रस हालेर स्क्रब गर्दा पनि अ‍ोठ मुलायम बन्छ । सातामा २ पटक वा ३ पटकमात्र यस्तो गर्ने हो भने ओठमा निकै ठूलो भिन्नता आउँछ ।

अर्को तरिका भनेको कागतीको रसमा थोरै बेसार मिसाएर बनाएको पेस्ट ओठमा लगाउनु हो । यसलाई १० मिनेटसम्म छोडेर सफा पानीले धुँदा पनि ओठ राम्रो बन्छ । यो प्रक्रिया दिनमा दुई पटक गर्ने हो भने अझ राम्रो हुनसक्छ ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १७:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया