सिराहामा २३ जनाकाे स्वाब लिइयाे, टेस्ट गरिने

सिराहाको भगवानपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरूको स्वाब टेस्ट गर्न नमुना संकलन गरिएको छ । भगवानपुर गाउँपालिका– ३ मा रहेको सामुदायिक भवन गैरसाहा क्वारेन्टाइनमा रहेका २३ जनाको स्वाब टेस्ट गर्न नमुना संकलन गरिएको हो । भारतको विभिन्न सहरबाट आइपुगेका उनीहरूकाे स्वाब टेस्टका लागि नमुना संकलन गरिएको हो । 

प्रादेशिक प्रयोगशाला जनकपुरबाट आएको ल्याब टेक्नेसियन टोलीले स्वाब संकलन गरेको मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) केन्द्रीय सदस्य रहेका मेडिकल ल्याब टेक्नेसियन (अधिकृत) विजयकुमार यादवले बताए ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा रहेको पिसिआर मेसिनमा टेस्ट गर्ने गरी नमुना संकलन गरी पठाइएको यादवले बताए । प्रादेशिक प्रयोगशालाबाट ल्याब टेक्नेसियन अधिकृत जयकिशोरी यादवसहितका तीनजनाको टोली भगवानपुर गाउँपालिका पुगेका थिए । सिराहा जिल्लाका १७ वटै स्थानीय तहका क्वारेन्टाइनमा रहेकाहरूको नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा टेस्ट हुने उनले बताए ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ४:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया