लकडाउनमा भारत पुगेका सांसदलाई क्वारेन्टाइनमा बस्न प्रशासनकाे निर्देशन

लकडाउनको समयमा सरकारको निर्देशनविपरीत भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेट्न गएका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित चारजनालाई सेल्फ क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेको सांसद यादवले बुधबार आफ्ना सवारीचालक र दुईजना पत्रकारसहित भारतीय भूमिमा पुगेर क्वारेन्टाइनमा बसेका नेपालीलाई भेटेका थिए ।

‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रूपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले नियमअनुसार सबैलाई क्वारेन्टाइनमा बस्न भनेका छौँ,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भनेका छन् ।

यादवले भारत पुगेर क्वारेन्टाइनमा बसेका नेपालीलाई भेटेको समाचार विभिन्न सञ्चारमाध्यममा आएकाे थियाे ।

उनीहरूलाई कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ४:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया